एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता सुरू

  शनिबार २७, असोज २०८० २२:३६

धनगढी । कैलालीको धनगढीमा हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच सुदूरपश्चिमका सामाजिक विकासमन्त्री झपट साउँदले उद्घाटन गरे । 

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साउँदले सकारात्मक सन्देश दिने प्रतियोगिता गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले यस्ता प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा जोड दिए । 

आयोजक खेलकुद पत्रकार मंच कैलालीका उपाध्यक्ष शंकर बोहराको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह र सुदूरपश्चिम अध्यक्ष योगेश रावलले शुभकामना मन्तव्य राखेका थिए । 

यस्तै प्रतियोगितामा लिग बिजेता बन्दै पत्रकार महासंघ कैलाली र लिग उपविजेता बन्दै खेलकुद पत्रकार मंचको टिम फाइनल प्रवेश गरेको छ । दुबै टिमले लिगका चारमध्ये तीन खेल जितेका छन् । समान तीन खेल जिते पनि गोल अन्तरका आधारमा घोडाघोडी पत्रकार समूह भने लिग चरणबाटै बाहिरियो । 

प्रतियोगितामा सहभागी चडेपानी पत्रकार समूह लिगका चारमध्ये एक खेलमा विजयी भयो । फुलबारी खबरको टीमले भने लिगमा कुनै पनि खेल जित्न सकेन । 
फाइनल खेल भोलि विहान १० बजे फ्ल्याटल्याण्ड फुटसलमा हुनेछ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा तेस्रो संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेताले नगद २५ हजार तथा उपविजेताले नगद १५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

clock शनिबार २७, असोज २०८० २२:३६

प्रतिक्रिया