सतक पटक रक्तदान गर्ने पत्रकार उपाध्याय सम्मानित

  बुधबार २२, चैत २०७९ १६:१३

धनगढी । धनगढीका पत्रकार दिपक उपाध्याय सम्मानित भएका छन् । सुदुरपश्चिम प्रदेश निर्माण ब्यबसायी महासंघले उपाध्यायलाई सम्मान गरेको हो । 

उपाध्यायलाई प्रदेश अध्यक्ष लक्ष्मण कुमार स्वारले दोसल्ला सहित सम्मानपत्र हस्तान्तरण गर्दै सम्मान गरेका हुन् । उपाध्यायले १ सय पटक रक्तदान गर्दै समाजमा बिषिस्ट योगदान दिएको भन्दै प्रदेश निर्माण ब्यबसायी महासंघले सम्मान गरेको हो ।

रक्तदान गर्दै धेरै मानिसको ज्यान जोगाउन महत्वपुर्ण भुमिका खेल्नुका साथै रक्तदान गर्नुपर्छ भन्ने शन्देस प्रवाह गर्ने गरेका उपाध्यायले हालसम्म १ सय पटक रक्तदान गरिसकेका छन् ।

उनि नेपाल पत्रकार महासंघ कैलाली साखा सदस्य समेत हुन् । उपाध्याय धनगढीबाट लामो समय टेलिभिजन पत्रकारको रुपमा कार्यरत थिए । हाल उनि इकागजमा कार्यरत छन् । 

clock बुधबार २२, चैत २०७९ १६:१३

प्रतिक्रिया