माया मेट्रो हस्पिटल एनएसजेएफ मिडिया कपको सह प्रायोजक

  शुक्रबार २६, असोज २०८० १५:०७

धनगढी । कैलालीको धनगढीमा हुने हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सह प्रायोजकमा माया मेट्रो हस्पिटलले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने तेस्रो संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको उपविजेता पुरस्कार माया मेट्रो हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो । 

प्रतियोगिताको विजेताले नगद २५ हजार तथा उपविजेताले नगद १५ हजार सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा ६ टीमको सहभागीता रहने आयोजकले जनाएको छ । लिककम नकआउटका आधारमा हुने प्रतियोगिता धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा असोज २७ र २८ गते आयोजना गरिन लागेको आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए।

धनगढीमा २५ करोडभन्दा बढीको लगानीमा अत्याधुनिक सेवा सुविधा सहितको ‘माया मेट्रो’ अस्पताल स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा २५ शैयाको अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा सिटीस्क्यान सेवा, आइसियु÷एनआईसियु÷पिआईसियु सेवा, वातानूकुलित क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबीसै घण्टा फार्मेसी लगायतको सेवा सुविधा रहेको छ । 

प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिक रहेको छ । एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सह–प्रायोजकमा माया मेट्रो हस्पिटल रहेको छ । प्रतियोगिता आयोजनामा ज्योती आयल स्टोर, नवजीवन अस्पताल, सनराईज बैंक, एभरेष्ट बैंक, फ्ल्याटल्याण्ड फुटसल लगायतले सहयोग गरेका छन।
 

clock शुक्रबार २६, असोज २०८० १५:०७

प्रतिक्रिया