दार्चुलाको अपिहिमालका महिलाले बिस्कुट उत्पादन गर्ने

  बुधबार २२, चैत २०७९ १२:१०

दार्चुला । दार्चुलाको विकट क्षेत्र अपिहिमाल गाउँपालिकाका महिलाले बिस्कुट उत्पादन गर्ने भएका छन्। गाउँपालिकाले १२ जना स्थानीय महिलाहरूलाई जौबाट बिस्कुट बनाउने तालिम दिएपछि यहाँका महिलाले जौको बिस्कुट उत्पादन गर्ने भएका हुन्।

आफ्नै खेतमा उत्पादन हुने जौबाट बिष्कुट बनाएर स्थानीयको आर्थिक अवस्था सुधार गर्न सकिने आशाका साथ यो कार्यक्रम अगाडि सारिएको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए। 

अपिहिमाल गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच अपिहिमाल गाउँपालिकाको स्थानीय अर्गानिक उत्पादनको खरिद–बिक्री तथा बजारीकरण गर्ने सम्बन्धी दुई पक्षीय सम्झौतामा समेत हस्ताक्षर भएको अध्यक्ष बोहराले बताएका छन्।

अगामी दिनमा अपिहिमालको उत्पादन ब्राण्डिङसहित बजारमा पुग्ने र यसले गाउँपालिकाका जनताहरूलाई उत्पादनमूलक क्षेत्रमा काम गर्न हौसला प्रदान गर्ने उनले बताए।

clock बुधबार २२, चैत २०७९ १२:१०

प्रतिक्रिया