धनगढीमा अन्तरबिद्यालय स्तरीय रनिङ सिल्ड फुटबल प्रतियोगिता हुँदै

  मङ्गलबार १६, असोज २०८० १८:२४

धनगढी । धनगढीको फाप्ला मैदानमा प्रथम वडाध्यक्ष कप रनिङ सिल्ड अन्तरबिद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को आयोजना र ग्रिन यूथ क्लबको सहकार्यमा बुधवार देखि फुटबल प्रतियोगिता हुने भएको हो । 

प्रतियोगितामा कैलाली कन्चनपुरका २४ टिमको सहभागिता रहने छ। कैलालीको धनगढी, गोदावरी र कन्चनपुरको कृष्णपुर, पुनरबास, लालझाडीका स्कुलहरूको सहभागिता रहने ग्रिन यूथ क्लबका सचिव सागर मल्लले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार, द्धितियले १० हजार र तृतीय हुने टिमले ५ हजार पुरुकार पाउन मल्लले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडीले बुट र जर्सी, उत्कृष्ट किपरले ग्लोब्स, वेस्ट स्कोरोरले बुट र उदयमान खेलाडीले जर्सी पाउने मल्लले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐरले स्कुल स्तरबाटै खेलाडी उत्पादन गर्नु पर्छ भन्ने उदश्येले प्रतियोगिता आयोजना गरेको बताए । 

clock मङ्गलबार १६, असोज २०८० १८:२४

प्रतिक्रिया