लोटस आई क्रिकेट कपको ट्रफी र टाईसिट सार्वजनिक

  सोमबार १५, असोज २०८० ०७:१९

धनगढी । कैलालीको अत्तरियामा आयोजना हुने लोटस क्रिकेट कप प्रतियोगिताको ट्रफी र टाईसिट सार्वजनिक  गरेको छ। आयोजक अत्तरिया क्रिकेट क्लबले  पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको ट्रफी र टाईसिट सार्वजनिक गरिएको हो ।

यही असोज १७ गते देखी सुरु हुने प्रतियोगितामा कैलाली र कञ्चनपुरका ८ वटा विद्यालयको सहभागिता रहने प्रतियोगीताका संयोजक कमल कडायतले जानकारी दिए। 

टी–२० फ्रम्याटमा हुने प्रतियोगितामा सहभागी विद्यालयहरूलाई २ पोलमा विभाजन गरिएको कडायतले बताए। पोल ‘ए’ मा सैनिक आवासीय महाविद्यालय, लोटस आई अङ्ग्रेजी मावि, कञ्चनजंगा मावि र सरस्वती मावि रहेका छन् भने पोल ‘बि’ मा सत्यवती एकेडेमी, दुर्गालक्ष्मी नमुना मावि, जेके मावि र ज्योति अङ्ग्रेजी बोर्डिङ स्कुल रहेका छन्। 

साथै आयोजक अत्तरिया क्रिकेट क्लबले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ। उनले प्रतियोगिता आयोजना हुने खेल मैदानको सामान्य मर्मतको काम भइरहेको र बाकी काम सम्पन्न भएको बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद ५÷५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ। 

clock सोमबार १५, असोज २०८० ०७:१९

प्रतिक्रिया