नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी, बोहराले लिए ६ विकेट

  आइतबार १४, असोज २०८० १०:१०

काठमाडौं । नेपालले मल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको छ। नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स अन्तिम ओभरमा मात्र ७४ रनमा अलआउट हुन पुगको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो।

आजको खेलमा अभिनाश बोहराले ६ विकेट लिए । नेपालको जीतमा नायक बनेका अभिनाशले दुई वटा ओभरमा ३/३ विकेट लिँदै माल्दिभ्सलाई सस्तोमा समेट्न ठुलो योगदान दिए । उनले ३.४ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर ५ विकेट लिए।

सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक/एक विकेट लिए।

clock आइतबार १४, असोज २०८० १०:१०

प्रतिक्रिया