सुदूरपश्चिमसहित अन्य २ प्रदेशमा आज चट्याङ्गसहित वर्षाको सम्भावना
धनगढी । सुदूरपश्चिम प्रदेशसहित अन्य २ प्रदेशमा आज चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको जनाएको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ।
सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। आज राति भने देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यो क्रम बुधबार पनि जारी रहने महाशाखाले जनाएको छ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                        
प्रतिक्रिया