दार्चुलामा सिँढीबाट लडेर ७० वर्षीय कलावतीको मृत्यु

  शुक्रबार १२, असोज २०८० ११:३६

दार्चुला । दार्चुलामा घरको सिँढीबाट लडेर एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको शैलशिखर नगरपालिकामा घरको सिँढीबाट लडेर ७० वर्षीय वृद्धाको मृत्यु भएको हो। 

आज बिहान नगरपालिकाको वडा ९ गाँजरीका ७० वर्षीय कलावती महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।                           ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार आफ्नै घरको भर्‍याङबाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलिन्द्र नाथले  बताए।  घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्दैछ।

clock शुक्रबार १२, असोज २०८० ११:३६

प्रतिक्रिया