बैतडीको दशरथचन्दमा आज सार्वजनिक बिदा

  बिहिबार ११, असोज २०८० ०६:४०

बैतडी । बैतडीको  दशरथचन्द नगरपालिकामा आजसार्वजनिक बिदा दिइएको छ। अनन्त चतुर्दशीका अवसरमा वडा नम्बर २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो।

नगरप्रमुख स्तरिय निर्णय अनुसार प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने  मेलाको  अवसरमा आज स्थथानीय बिदा दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु भएको छ।

यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रहिआएको छ। जात्रामा बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए।

निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ। जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गरेका मुखियो बोहराले बताए। 

clock बिहिबार ११, असोज २०८० ०६:४०

प्रतिक्रिया