क्रिकेटमा उदाएका सुदूरपश्चिमका धिरेन्द्रको क्यानमा इन्ट्री

  मङ्गलबार ०९, असोज २०८० १५:५७

धनगढी । धिरेन्द्र सावद सुदूरपश्चिमको खेलकुद क्षेत्रमा विशेष गरी क्रिकेटमा सुनिएको नाम हो । पछिल्लो १–२ दशकदेखि उनी क्रिकेटको विकासमा समर्पित भएर लागेका थिए । पछिल्लो समय क्रिकेट संगै अन्य सामाजिक काममा अग्रसर भएपनि उनको क्रिकेट विकास प्रतिको सक्रियता कम भएको छैन ।

सुदूरपश्चिम फाउण्डेसनको महासचिव भएर विभिन्न सामाजिक काममा लागेका उनले कोरोना कालदेखि हाल सम्म सामाजिक कामलाई पनि क्रिकेट संगै अगाडी बढाएका छन् ।

लामो समयदेखि क्रिकेटका गतिविधि नभएको अवस्थामा उनले आफ्नो तर्फबाट हुने सहयोग त गर्दै आएका थिए नै सँगै उनले क्रिकेट क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा पाईला चालेको पनि ५र६ बर्ष हुन थालेको छ । वुबाले गर्दै आएको निर्माणको काम, आफु लागिरहेको क्रिकेटको विकास संगै पछिल्लो सयम माया मेट्रो अस्पतालका अध्यक्ष भएर उनको परिचय फराकिलो बनेको छ ।

तर, क्यानमा निर्वाचित भएपछि भने उनले क्रिकेटको विकासका लागि अब संस्थागत रुपमा लाग्न सहज भएको बताएका छन । उनले नेपालको क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एकै ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रुपमा अझ अघि बढाउने कामले लाग्ने बताए ।

जिल्ला र प्रदेश स्तरको क्रिकेट संरचनालाई बलियो बनाएर लैजाने उनको योजना छ । ‘मेरा लागि चुनाव त्यति सहज थिएन तर पनि क्रिकेट क्षेत्रमा आबद्ध भएर होला सबैले राम्रो लागेर नै मलाई सर्वाधिक मत दिएका होलान’ उनले भने ‘मेरो व्यक्तिगत सोच, विचार भनेको नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्ष, विपक्षहरु छन । तिनीहरुलाई एक ठाउँमा ल्याउने मेरो मुख्य भूमिका हुन्छ ।’

धिरेन्द्र सुवास शाही सँग मिलेर १२ वर्ष अगाडी धनगढी एकेडेमी स्थापना गरेका थिए । जुन एकेडेमीले अहिले सम्म नेपाललाई धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गरेको छ ।

धनगढी क्रिकेट एकेडेमीको व्यवस्थापनमै नेपालको पहिलो र सफल प्रिमियम लिग ‘धनगढी प्रिमियम लिग’  (डिपिएल) को पनि सुरुवात गरिएको थियो ।  जुन नेपालकै सर्वाधिक धनराशि भएको प्रतियोगिताका रुपमा अगाडि बढेको छ । स्थानीय स्तर देखि क्रिकेटको विकासमा सक्रिय धिरेन्द्र अहिले नेपालकै क्रिकेट हाक्ने क्यानको सदस्यमा निर्वाचित भएका छन ।

उनले निर्वाचित भएपछि अब नेपाली क्रिकेटलाई अझै चलायमान बनाउने प्रतिवद्धता गरेका छन ।  नेपाल क्रिकेट सँगको विवाद पछि आईसीपीले नेपाल क्रिकेट सङ्घलाई निलम्बन गरेको बेला नेपालमा क्यानमा आवद्ध क्रिकेट एकेडेमीहरू नभएको बेला नेपाली क्रिकेटलाई चलायमान बनाउन उनको महत्वपूर्ण भूमिका थियो ।

तेस्तै उहाँले आफ्नो क्रिकेट एकेडेमीको व्यावस्थापनमा नेपालको पहिलो र सफल प्रिमियम लिग धनगढी प्रिमियम लिग (DPL) को सुरुवात गर्नु भयो, त्यसमा सावदको महत्वपूर्ण योगदान रहेको छ ।

नेपाल क्रिकेट सँगको विवाद पछि ICC ले नेपाल क्रिकेट सँघलाई निलम्बन गरेको बेला नेपालमा CAN बाट क्रिकेट एकेडेमीहरु नभएको बेला उहाँहरुले गर्दै आएको DPL होस या नयाँ एकेडेमी ले गर्दै आएको ग्रास रुट क्रिकेट डेभ्लोमेन्ट क्रिकेट टुनामेन्टहरुले नेपाल को क्रिकेटलाई चलायमान राख्नमा महत्वपूर्ण भूमिका खेलाका थिए ।

क्ष्ऋऋ ले क्यान लाई निलम्बन गरिसकेपछि उहाँ अहिले ८ बर्ष पछि अछाम जिल्लाबाट प्रतिनिधित्वगरी नेपाल क्रिकेट संघको सदस्य पदमा सर्बाधिक मतका साथ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।

अहिले उहाँको पहल र सक्रियतामा अछामको साफेबगरबाट ५/६ किलोमिटर माथि रहेको रिडिकोटमा रिडिकोट क्रिकेट ग्राउन्डलाई राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने कार्यमा लाग्नु भएको छ । त्यो मैदान बनाउन अछाम जिल्ला क्रिकेटको विकास मात्र नभएर समग्र सुदूरपश्चिमका पहाडी जिल्लाहरु र कर्णाली प्रदेशका छिमेकी जिल्लाहरुकै क्रिकेट विकास मै कोशे ढुंगा साबित हुने छ ।

अछाममा बनाउन खोजेको ग्राउन्ड अहिले सम्म राष्ट्रिय खेलकुद परिषद बाट ७०/८० लाख बजेट आईसकेको छ । अहिले स्थानिय नगरपालिका ले पनि केही पैसा खर्च गरेको छ । साफेबगर नगरपालिकाको सहयोगमा यस खेल मैदानलाई १८ करोडको डिपिआर बनाई प्रदेश सरकारलाई हस्तान्तरण गरि सकेको छ । अब ३र४ बर्ष भित्रमा सम्पूर्ण राष्ट्रिय प्रतियोगिताहरु अछाममा गर्न मिल्ने हिसाबले यो खेल मैदानको विकास गरी सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

clock मङ्गलबार ०९, असोज २०८० १५:५७

प्रतिक्रिया