बझाङमा ‘बान्नीकी चैतली’ मेला सुरू

  सोमबार २०, चैत २०७९ १४:५३

बझाङ । संस्कृति जर्गेना तथा पहिचान संरक्षणका लागि ‘बान्नीकी चैतली’ सुरू भएको छ । सुदूरपश्चिमको प्रसिद्ध तथा ऐतिहासिक धार्मिक मेला मानिने चैतली हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि  सुरू हुन्छ ।

बान्नीकी काङ्कर र बान्नी मष्टाको दर्शन गर्नका लागि मष्टो पूजकका साथै श्रदालु तथा दर्शनार्थीको यहाँ घुइँचो लाग्ने गरेको छ । छविसपाथिभेरा गाउँपालिका–३ बान्नीकोटमा लाग्ने उक्त मेला पूर्णिमासम्म लाग्नेस्थानीय दिनेश थापाले बताए ।

May be an image of 1 person, standing, mountain and tree

थापाका अनुसार बान्नी मेला सुरू भएपछि हरेक दिन मन्दिरमा बाजा बजाउने र मष्टाका करिया चोखो निम्तो भएर व्रत बस्ने चलन गरिन्छ । पौराणिक कालमा महिसासुर दानवले बान्नी मष्टासँग युद्धगरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाटमुक्त गर्नका लागि सुर्मादेवी प्रकट भई महिसासुरको बध (हत्या गर्नु) गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको उनले बताए ।

महिसासुर र बान्नी मष्टाको युद्धमा सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रूपमा चैत औँंसीका दिन काटेको काङ्कर ९लिङ्गो०लाई चैत शुक्ल त्रयोदशीका दिन तोलेनी ९खेत० मा डुलाउने गरिन्छ । राक्षसलाई मारीसकेपछि देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औँलाको नगरा (गजा) बनाइ विजयोत्सव मनाएको किबंदन्ती रहेको बान्नी मष्टाका पूजारी निर्पराज जोशीले बताए ।

May be an image of 10 people, people standing and outdoors

जोशीका अनुसार सुर्मादेवीले दानवको हत्या गरेको उत्सवमा लामो काँकरलाई श्रद्धालुले चारैतिर नचाउने गर्दछन् । चारैतिर नचाएपछि काङ्करलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको प्रतिक भकुण्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका स्थानीयबीच भकुण्डो खेल्ने प्रचलन रही आएको छ । काँकर हिँडाएको र भकुण्डो खेलेको हेर्न सुदूरपश्चिमको विभिन्न जिल्लाबाट हजारौँ दर्शनार्थी बान्नी चौरमा आउछन् ।

मेलाको अवसरमा रू एक लाख छ सय २० को क्रिकेट प्रतियोगिता, रू एक लाख ३३ हजार छ सय २० को नगर तथा पालिकास्तरीय पुरुषतर्फ भलिबल प्रतियोगिता र देउडा प्रतियोगिता आयोजना गरिएको मेला व्यवस्थापन समितिका सचिव सुरेश रोकायाले बताए ।

May be an image of 2 people, nature, tree, cloud and mountain

clock सोमबार २०, चैत २०७९ १४:५३

प्रतिक्रिया