धनगढी एफसीको मार्कीमा आशिष चौधरी

  मङ्गलबार ०९, असोज २०८० ०७:३३

धनगढी । धनगढी एफसीले आउँदो नेपाल सुपर लिग फुटबलका लागि नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर आशिष चौधरीसँग ‘मार्की’ खेलाडीमा सम्झौता गरेको छ ।

गो ड्रिमर्सको स्वामित्व रहेको धनगढीले विशाल राई विदेश गएकाले उनको अनुपस्थितिमा आशिषलाई लिएको हो । 

२३ वर्षे आशिषले यसै वर्ष चर्च व्वाइज युनाइटेडलाई पहिलो सहभागितामै सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

आशिषलाई भित्र्याउन पाउँदा निकै उत्साहित रहेको धनगढीका अध्यक्ष सुवास शाहीले जनाए । पहिलो संस्करणमा धनगढी उपविजेता बनेको थियो ।

clock मङ्गलबार ०९, असोज २०८० ०७:३३

प्रतिक्रिया