प्रिन्सेस कपको मुख्य प्रायोजनमा ग्रेस इन्टरनेसनल

  सोमबार ०८, असोज २०८० १६:१५

धनगढी । धनगढी क्रिकेट एकेडेमीले आयोजना गर्ने प्रिन्सेस कप स्कुल महिला क्रिकेट प्रतियोगितामा ग्रेस इन्टरनेसनलले मुख्य प्रायोजन गरि सहयोग गरेको छ । काठमाडौंमा सोमबार ग्रेस इन्टरनेसनलका निर्देशक तथा सह सम्पादक अन्ड्रु पौडेल र एकेडेमीका व्यवस्थापक समुयल न्यौपानले मुख्य प्रायोजन सम्झौतामा हस्तान्तरण गरे । 

आगामी डिसेम्बर ८ देखि धनगढीमा हुने प्रतियोगिताको मुख्य प्रायोजन गरेपश्चात पौडेलले ग्रासरुट क्रिकेटको विकासमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । यस्तै उनले नेपालमा क्रिकेट क्रेज एकदमै राम्रो रहेको बताउँदै यस प्रायोजनलाई ग्रेस इन्टरनेसनलले नेपाली क्रिकेटको विकासमा गरेको लगानीका रुपमा लिइदिन अनुरोध गरे ।

यस्तै एकेडेमीका व्यवस्थापक न्यौपाने प्रिसेन्स कप महिला क्रिकेटको ग्रासरुट विकासमा महत्वपूर्ण भएको बताउँदै प्रायोजनका लागि पौडेललाईं धन्यवाद व्यक्त गरे । धनगढीमा हुने प्रतियोगितामा १६ स्कुलको सहभागिता रहनेछ । विजेताले ३० हजार तथा उपविजेताले १५ हजार पाउँनेछन् ।  

यस्तै प्लेयर अफ द सिरिजले २ हजार र बेस्ट ब्याटरले १ हजार नगद हात पार्ने आयोजकले जनाएको छ । डीसीएले सबै महिला खेलाडीहरु निशुल्क प्रशिक्षणको व्यवस्था मिलाएको छ । डीसीएमा आधा दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीहरु प्रशिक्षणरत् छन् । हाल नेपाली टोलीका इश्वरी विष्ट तथा रुवि पोदार डिसिएमै अभ्यासरत् छन् ।

clock सोमबार ०८, असोज २०८० १६:१५

प्रतिक्रिया