बैतडीको पुरचौडीमा कार्यालय छेउमै घर, भाडा बुझ्दै उपप्रमुख
बैतडी । पुरचौडी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीना धानुकले घरछेउमै डेरा लिएर सरकारी सुविधा लिँदै आएकी छन् मासिक २० हजार रुपियाँ घर भाडाबापत उपप्रमुख धानुकले बुझ्ने गरेकीछन्।
कार्यालयबाट घर टाढा भएका प्रमुख र उपप्रमुखले निवास सुविधाबापत घर भाडा पाउने व्यवस्था भए पनि कार्यालयको छेउमै उपप्रमुख धानुकको घर रहेको छ। उपप्रमुखको घर र डेरा लिएको घरको दूरी करिब ५० मिटर रहेको छ।
सो सम्बन्धमा उपप्रमुख धानुकले नगरपालिकाको स्टोर सञ्चालन र न्यायिक समितिको कार्यालयमा पाहुना आउँदा प्रयोग गर्न घर भाडामा लिएको बताए । उपप्रमुख धानुकले तटबन्ध योजनाको अध्यक्षमा श्रीमान् र सदस्यमा ससुरालगायत नातागोता राखेको आरोपसमेत स्थानीयवासीको छ।
पुरचौडी नगरपालिका–१, घट्टखेत तटबन्ध निर्माणको उपभोक्ता समितिको अध्यक्षमा उपप्रमुख धानुकका श्रीमान्लगायत नातागोता सदस्य रहेको बताइन्छ। योजनाको अनुगमन गरेर पालिकामा सुशासन कायम गर्ने दायित्व भए पनि उपप्रमखु धानुकले उपभोक्ताको अध्यक्ष र नगर कर्मचारीमा नातागोतालाई भर्ना गर्न खोज्दा विवाद सिर्जना भएको बताइएको छ।
यही विवादका कारण पुरचौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपाली दुई महिनादेखि पालिका छाडेर हिँडेको पाइएको छ। उपप्रमुख मीना धानुकले प्रदेश सरकारबाट तटबन्धको योजना लिएर आएको र अरूलाई यसरी योजना ल्याउन चुनौती दिए । गोरखापत्रबाट
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                        
प्रतिक्रिया