सुदूरपश्चिम ११ र सुर्मादेवी च्याम्पियन

  आइतबार ०७, असोज २०८० १०:३१

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा स्थानीय न्यु युवा सुन्दरशक्ति क्लबले आयोजना गरेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब र सुर्मादेवी युवा क्लबले उपाधि जितेका छन् ।

थारु समुदायको पर्व अटवारी र तिजको अवसरमा सम्पन्न पुरुष फुटबलको फाइनलमा सीआउर सेभेन फुटबल क्लबलाई १–० ले हराउँदै सुदूपश्चिम–११ ले उपाधि जितेको थियो । सुदूरबाट एकमात्र गोल भरत टमाटाले गरे ।

सुदूरले १ लाख र उपविजेता सिआउरले ५० हजार रुपैयाँ पुरस्कार पाए । सीआउरका किरण योगी सर्वोकृष्ट खेलाडी भए भने भरत टमाटा सर्वाधिक गोलकर्ता बने । सुदूरकै आकाश बुढा उत्कृष्ट गोलरक्षक भए ।

महिलातर्फ सुर्मादेवीले फाइनलमा पटेला स्मार्ट क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै उपाधि जित्यो । निर्धारित १–१ गोलको बराबरी भयो । सुर्मादेवीकी बिर्सना चौधरी र पटेलाकी ममता पुन मगरले गोल गरे । सुर्मादेवीले २५ हजार र उपविजेता पटेलाले १५ हजार पुरस्कार पाए । सुर्मादेवीकी बिर्सना चौधरी सर्वोकृष्ट खेलाडी भइन् । सुर्मादेवीकै गायत्री मल्ल उत्कृष्ट गोलरक्षक र पटेलाकी ममता पुन मगर सर्वाधिक गोलकर्ता भए ।

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, मुख्य प्रायोजक निःसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्तलगायतले पुरस्कृत गरे । २०५७ सालदेखि सुन्दर शक्ति युवा क्लबले प्रतियोगिता गर्दै आएको क्लबका अध्यक्ष वृक्षलाल चौधरीले बताए ।

clock आइतबार ०७, असोज २०८० १०:३१

प्रतिक्रिया