अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रथम भइन् बैतडीकी शिक्षा चन्द

  आइतबार ०७, असोज २०८० १०:२७

बैतडी । चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा बैतडीकी शिक्षा चन्द प्रथम भएकी छन्। 

काठमाण्डौँमा शनिबार सम्पन्न भएको चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ मा शिक्षा चन्दले प्रथम स्थान हासिल गरेकी हुन्।

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ कुलाउ घर भएकी चन्दले स्वर्ण पदक जितेकी हुन्। 

प्रतियोगितामा शिक्षाले स्वर्ण पदक जितेकोमा पञ्चेश्वर गाउँपालिकाले बधाई समेत दिएको छ।

शिक्षा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दकी भतिजी हुन्। 

clock आइतबार ०७, असोज २०८० १०:२७

प्रतिक्रिया