गर्मीयाम सुरु भएसँगै बाजुराका भेडापालक फर्काइँदै भेडीगोठतिर

  सोमबार २०, चैत २०७९ १४:०९     विश्वास खबर

बाजुरा । चिसो मैसममा बेँसी झारिएका बाजुराका हिमाली क्षेत्रका भेडीगोठ आफ्नै गाउँतर्फ फर्काइन थालेको छन् । जिल्लाका बूढीनन्दा, हिमाली, स्वामिकार्तिक, जगनाथलगायतका अधिकांश स्थानीयवासीको मुख्य पेसा भेडाबाख्रापालन हो । उनीहरू हिउँदको केही महिना चिसो छल्न र भेडाबाख्रा पाल्न सहजताका लागि कात्तिकतिर गोठ बेँसी झार्ने गर्दछन्।

अहिले बेँसीमा गर्मी सुरु भएसँगै जिल्लाको पूर्वी–उत्तर क्षेत्रका बूढीनन्दा, हिमाली, स्वामिकार्तिक, जगनाथलगायतका भेडीगोठ धमाधम गाउँ फर्काउन थालिएको छ। बूढीनन्दा नगरपालिका–९, पाण्डुसैनका भेडापालक प्रेमबहादुर थापाले मङ्सिर, पुस, माघ र फागुनलगायत हिउँदका केही महिना गाउँमा चिसो हुने हुँदा त्यो चिसो छल्न कात्तिक महिनामा भेडीगोठ बेँसी झार्ने गरिएको बताए। उनका अनुसार बेँसीमा अहिले गर्मी सुरु भएसँगै भेडीगोठ गाउँ फर्काउन थालिएको छ। 

भेडा बाख्रालाई गर्मीभन्दा त चिसो ठाउँमै बस्न सहज हुन्छ। हिउँदका केही महिना गाउँमा हिउँ पर्ने गर्छ। लामो समयसम्म हिउँ बिलाउँदैन। भेडाबाख्राले खानेकुरा सबै हिउँले पुर्छ। हिउँ परेपछि भेडा बाख्रालाई धेरै चिसो हुने र चरन टिपन गर्नसमेत समस्या हुने गरेकाले हिउँदका केही महिना बेँसीतिर भेडीगोठ झार्ने गरिएको थापाले बताए ।

clock सोमबार २०, चैत २०७९ १४:०९     विश्वास खबर

प्रतिक्रिया