भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

  बिहिबार ०४, असोज २०८० ०६:२७

धनगढी ।  कैलालीमा भन्सार छलीका सामानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्लाको भजनी नगरपालिका–३ कुटीबाट भारत लखिमपुर खिरीका २१ वर्षीय सञ्जय रानालाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीले उनको साथबाट भन्सार छलीका अन्दाजी ३१ हजार मुल्य बराबरका जुत्ता र साईकल वरामद गरेको हो। 

उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ पक्राउ गरेको जनाएको छ।

clock बिहिबार ०४, असोज २०८० ०६:२७

प्रतिक्रिया