बैतडीको सुर्नयामा स्थानीय पाठ्यक्रम लागू 

६ असोज २०७९, बिहिवार

बैतडी, ६ असोज । बैतडीको सुर्नया गाउँपालिकाले चालु शैक्षिक सत्र २०७९÷८० देखि स्थानीय पाठ्यक्रम लागू गरेको छ। कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम लागू भएको  गाउँपालिकाले बताएको हो। 

गाउँकार्यपालिकाले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम स्वीकृत गरेकाले कक्षा १ देखि ३ सम्म यसै वर्षदेखि स्थानीय पाठ्यक्रम लागू भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए। 

पाठ्यक्रममा स्थानीय कला, संस्कृति, भेषभुषा, प्राकृतिक सम्पदा, धार्मिक सम्पदा, चाडपर्व,चालचलन आदि समेटिएको अवस्थीले बताए । यस्तै पाठ्यक्रममा योग शिक्षा समेत समेटिएको उनले बताए। 

Share This:
No News Were Available