बैतडीमा जीप दुर्घटनाः एकजनाको मृत्यु, ११ जना घाइते

  सोमबार २०, चैत २०७९ १२:४२

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गणमेश्वरबाट देहिमाडौं आउँदै गरेको से १ ज २९५ नम्बरको जीप आज बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका ५ तिलकपुर भिटा भन्ने ठाउँमा दुर्घटनामा परेको हो । 


दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।  १२ जना सवार जीप ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  जीप सडकबाट ७० मिटर तल खसेको छ ।  


दुर्घटना परेर घाइते भएकाहरुको उद्धार भइरहेको छ ।घाइतेहरुको परिचय खुलेको छैन् ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीलगायत ३० जनाको टोली घटनास्थलमा पुगेको छ ।

clock सोमबार २०, चैत २०७९ १२:४२

प्रतिक्रिया