बंगलादेशलाई साफ च्याम्पियनसिप फुटबलको उपाधि

३ असोज २०७९, सोमवार

काठमाडौं,३ असोज । बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।

बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन ।नेपालकी अनिता बस्नेतले एक गोल फर्काईन् ।

यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।

नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो ।

Share This:
No News Were Available