कञ्चनपुरमा स्कारपियोसहित २१ ‘बेवारिसे’ सवारीसाधन प्रहरी कब्जामा
कञ्चनपुर । कञ्चनपुर प्रहरीले स्कारपियोसहित २१ बेवारिसे सवारीसाधन कब्जामा लिएको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एक थान स्कारपियो गाडीसहित २१ थान सवारी साधन बेवारिसे अवस्थामा फेला पारेको हो।
ती सबै सवारी साधन प्रहरीले आफ्नो कब्जामा लिएको छ। आइतवार वडा प्रहरी कार्यालयको प्रहरी टोलीले विभिन्न स्थानबाट बेवारिसे अवस्थामा ठुलो संख्यामा सवारी साधन फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीको गस्ती टोलीले एक स्कारपियो, दुई वटा सुजुकी कार, १७ वटा मोटरसाइकल र एक थान स्कुटर बरामत गरेको हो।
प्रहरीले अन्दाजी २० लाख ६८ हजार मूल्य बराबरका सवारी साधन बरामत भएको बताएको छ। बरामद गरिएका सबै सवारी साधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा दाखिला गरिएको प्रहरीले जनाएको छ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                        
प्रतिक्रिया