चाडपर्व नजिकिएसँगै बाजुरामा सरकारी खाद्य गोदाम रित्तियो

  शुक्रबार २९, भदौ २०८० १०:४०

बाजुरा । चाडपर्व भित्रिएसँगै दुर्गम हिमाली जिल्ला बाजुराको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोमा चामल सकिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र १५० क्विन्टल चामल मौज्दात रहेको कार्यालयले जनाएको छ ।

सर्वसाधारणलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले सूचना जारी गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीमा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएपछि डिपो ताला लगाइएको छ । 

डिपोमा रहेको मौज्दात चामल बिक्री दर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका प्रमुख मेघराज ओझाले बताएका छन् । कम्पनीमा रहेको चामल बिक्री भइसकेको छ । १ सय क्विन्टल चामल कैदिबन्दीका लागि मौज्दात राखिएको छ । 

खाद्य गोदाममा चामल सकिएपछि स्थानीयहरु महंगो मूल्यमा चामल किन्न बाध्य छन् । संस्थानको चामल सहुलियत मूल्यमा पाउदा स्थानीयको घरमा चामल हुने गरेको थियो । अहिले खाद्यमा चामल सकिएपछि बजारको महगो चामल किनेर खानुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

सर्वसाधारणलाई बिक्री गर्न डिपोमा चामल मौज्दात नरहेको कम्पनीले बताएको छ । खाद्य डिपोमा चामल भदौ २४ गतेदेखि सकिएको र डिपो नै बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखाका प्रमुख मेखराज ओझाले बताए ।

पूर्वी उत्तरी भेगमा ४ वटा स्थानीय तहका लागि कोल्टीको डिपोमा ४ सय क्विन्टल चामल मौज्दात रहेकोमा त्यो पनि भदौ महिनाभित्रै सकिने कम्पनीले जनाएको छ । खाद्य संस्थानमा चामल सकिएपछि स्थानीयवासी बजारमा रहेको महङ्गो मुल्यको चामलका लागि धाइरहेका छन् ।

clock शुक्रबार २९, भदौ २०८० १०:४०

प्रतिक्रिया