दार्चुलामा चट्याङ लागेर १८ वर्षीया शान्ति घाइते, तीन चौपाया मरे

  शुक्रबार २९, भदौ २०८० ०६:२७

दार्चुला । दार्चुलामा चट्याङ लागेर एक युवती घाइते भएकी छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–८ औडाखानका मनीराम लुहारकी १८ वर्षीया छोरी शान्ति लुहार चट्याङ लागेर घाइते भएकी छन्। 

उनलाई स्थानीय स्वास्थ्यचौकीमा उपचार पछि अवस्था सामान्य भएकाले घर पठाइसकेको प्रहरीले जानकारी दिएको छ।

यस्तै दार्चुलाकै शैलेशीखर नगरपालिका–५ सेतकला स्थित एक घरमाथि चट्याङ पर्दा तीन पशुचौपाया मरेको प्रहरीले जनाएको छ।

clock शुक्रबार २९, भदौ २०८० ०६:२७

प्रतिक्रिया