नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट हामफाली एक पुरुष बेपत्ता

  बिहिबार २८, भदौ २०८० १२:५१

दार्चुला । दार्चुला स्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट एक जना पुरूषले महाकाली नदीमा हाम फालेका छन् ।

महाकाली नगरपालिका-४ पुलघाट स्थित नेपाल-भारत जोड्ने बीच पुलबाट महाकालीमा हाम फालेको एक प्रत्यक्षदर्शीले बताए ।

उनी अहिले वेपत्ता छन् । उनको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले उनी संग पहिचान पत्र मागेको तथा उनको साथमा कुनै किसिमको पहिचान पत्र नभेट्टीए पछि उनलाई नेपाल फर्काएको तथा बीच पुलबाट महाकाली नदीमा हाम फालेको खुल्न आएको छ ।

clock बिहिबार २८, भदौ २०८० १२:५१

प्रतिक्रिया