सुदूरपश्चिम सहित यी तीन प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना

  बिहिबार २८, भदौ २०८० ०६:३९

धनगढी । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको भइरहेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एकरदुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

clock बिहिबार २८, भदौ २०८० ०६:३९

प्रतिक्रिया