कैलालीको घोडाघोडी नगरपालिका पशुसेवा शाखा प्रमुख छत्रा रावतको निधन

  मङ्गलबार २६, भदौ २०८० ०९:४२     विश्वास खबर

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको पशुसेवा शखा प्रमुख छत्रा रावत न्यूरेको निधन भएको छ।

हृदयघातका कारण उनको नगरपालिका–१ स्थित आफ्नै घरमा निधन भएको नगर प्रमुख खडकबहादुर रावतले बताए। 

उनका अनुसार न्यूरेको राति करिब १ बजेपछि निधन भएको थियो। 

मृतक छत्राको निधनमा शोक व्यक्त गर्दै नगरपालिकाले आज नगरपालिका र सम्बन्धित वडा कार्यालयहरुमा शोक बिदा दिएको छ। 

clock मङ्गलबार २६, भदौ २०८० ०९:४२     विश्वास खबर

प्रतिक्रिया