क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप, प्रहरीले लिएन निवेदन

  सोमबार २५, भदौ २०८० ०६:४७

काठमाडौँ । क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ। आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको स्रोतले जनाएको छ। 

पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो। महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ।

कालीमाटीस्थित महिला सेल पुगेका पीडित पक्षले सोमबार रितपूर्वक निवेदन लिएर आउने बताएका थिए। एक युवतिले आशिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।  

प्रहरीले रितपूर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने जनाएको छ। परिसरका प्रवक्ताले एसपी कुमोद ढुंगेलले आफूले पनि सो विषय हल्का जानकारी पाएको तर निवेदन दर्ता नभएको बताए।

‘आज दिउँसोतिर पीडितहरु आएको रिपोटिङ थियो, तर पछि निवेदन दर्ता भएको रहेनछ, भोली रित पूर्वक निवेदन लिएर आएमा अनुसन्धान अधि बढ्छ।’  एसपी ढुंगेलले भने। 

clock सोमबार २५, भदौ २०८० ०६:४७

प्रतिक्रिया