अछाममा खुकुरी र गाँजासहित पाँच किशोर पक्राउ

  शुक्रबार २२, भदौ २०८० १६:२३

अछाम । अछामबाट गाँजा र खुकुरीसहित पाँच किशोर पक्राउ परेका छन्। प्रहरीका अनुसार प्रकाउ परेका पाँचै जना १२ देखि १५ वर्षसम्मका रहेका छन्।

उनीहरुलाई बिहीवार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडिबाट गाँजा र खुकुरीसहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

उनीहरूको साथबाट केही मात्रामा गाँजा फेला परेको र त्यो मुद्दा चलाउन पर्याप्त नभएकोले सम्झाई बुझाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

clock शुक्रबार २२, भदौ २०८० १६:२३

प्रतिक्रिया