सुदूरपश्चिमका नाकामा भारतको कडाइ, भारत जान परीचयपत्र अनीबार्य

  बिहिबार २१, भदौ २०८० १५:३८

धनगढी । भारतले सुदूरपश्चिमसँग नाका जोडिएका स्थानमा कडाइ गरेको छ। सुदूरपश्चिमका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट लगायतका सीमा नाकामा भारतीय सीमा सुरक्षा बलले कडाइ गरेको हो। जहाँबाट नेपालीहरु भारत जाने र नेपाल फर्किने गर्दै आएका छन्।

उसरी नेपालीका लागि भारत प्रवेश र स्वदेश फर्किन कुनै परिचय पत्रको आवश्यक हुँदैन। तर, पछिल्लो समय भने एसएसबीले नेपाली नागरिक भएको परिचय खुल्ने कागजपत्र अनिर्वाय गरेको बताइन्छ।

भारतले नेपालबाट चिनियाँ नागरिकसमेत प्रवेश गर्ने जोखिम भएकाले कडाइ गरेको जनाएको छ। तर, नेपालसँग भने भारतीय सुरक्षा बलले कुनै समन्वय नगर्दा नेपालीलाई सास्ती भइरहेको छ।

नाकामा यस्तो भैरहेकोबारे स्थानीय प्रशासनलाई समेत आधिकारिक रुपमा जानकारी छैन। सीमा क्षेत्रमा नागरिकता अथार्त परिचयपत्र नबोकेकाहरुले दुःख पाउन थालेका छन्। नेपाल–भारत सीमा क्षेत्रमा भारतीयले एकतर्फी कडाइ गरेको हो।

भारतीय सीमा सुरक्षा बल एसएसबीले भारतीय सीमा क्षेत्रका बजारमा किनमेलका लागि जानसमेत नागरिकता अनिवार्य गरेको छ। धनगढीसँग जोडिएको गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकी नाकाबाट भारत जान र नेपाल प्रवेशमासमेत परिचयपत्र अनिर्वाय गरिएको छ।

सुदूरपश्चिमसहित कर्णाली प्रदेशका नागरिकले समेत गौरीफन्टा र गड्डाचौकीको नाका प्रयोग गर्दै आएका छन्।

clock बिहिबार २१, भदौ २०८० १५:३८

प्रतिक्रिया