चितुवाको आक्रमणबाट बैतडीकी पूजा गम्भीर घाइते

  बिहिबार २१, भदौ २०८० १४:४४

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरी गम्भीर घाइते भएकी छिन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–३ बगडीका जयराज लोहारकी १७ वर्षीया छोरी पूजा लोहार चितुवाको आक्रमणबाट गम्भीर घाइते भएकी हुन्।

घाइते किशोरीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। आज वडाकै बगरेटी रोल भन्ने जंगलमा घाँस काट्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको बताइएको छ।

चितुवाको आक्रमणबाट गम्भीर किशोरीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

clock बिहिबार २१, भदौ २०८० १४:४४

प्रतिक्रिया