कञ्चनपुरमा बलात्कृत युवतीलाई मुद्दामा सघाएको भन्दै पुरुष कुटिए

  बिहिबार २१, भदौ २०८० १४:३७

कञ्चनपुर । कञ्चनपुरमा बलात्कृत युवतीलाई मुद्दा दर्तामा सघाएको भन्दै एक पुरुष कुटिएका छन्। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ३ नन्द गाउँका रोहित बडायक कुटिएका हुन्। 

उनले २२ वर्षिया एक किशोरीलाई नेकपा एमाले निकट युवा संघ, प्रदेश कमिटी सदस्य अम्मरसिंह राना विरुद्ध बलात्कारको मुद्दा दर्तामा सहयोग गरेकाले कुटाइ खाएका हुन्। 

किशोरीलाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गर्न सघाएको भन्दै लालझाडी गाउँपालिका वडा ३  का ४८ वर्षीय बडायकमाथि निर्घात कुटपिट भएको गाउँपालिकाका एक जनप्रतिनिधिले दिनेशखबरलाई बताए। 

उनका अनुसार तीन दिन पहिले कुटिएका बडायक अस्पतालमा भर्ना भएका थिए। एमालेका नेता रानाले उनलाई ईन्द्र रानाको सहयोगमा कुटपिट गरेका ती जनप्रतिनिधिले बताए। उनले राति नै ईलाका प्रहरी कार्यालय शंकरपुरमा गएर अमरसिंह राना र ईन्द्र राना विरूद्ध जाहेरी दर्ता गराएको थिए।

 तर, कञ्चनपुर प्रहरीले यो घटनाको विषयमा जानकारी दिन आनाकानी गरेको छ। रानालाई एमालेलेसमेत पार्टीकाट निस्कासन गरेको छ। तर, कञ्चनपुर प्रहरीले अम्मर रानालाई पक्राउ गरेको छैन। 

clock बिहिबार २१, भदौ २०८० १४:३७

प्रतिक्रिया