भारतिय एसएसबिकाे दुर्व्यवहारः नगरप्रमुख, पालिका अध्यक्षलाई तिंकर जान रोक

  बुधबार २०, भदौ २०८० २२:२७

 दार्चुला। दार्चुला त्रिदेशीय नाका भएको संवेदनशील जिल्ला हो । छिमेकमा भारत छ, भारतसँग रोटिबेटीको सम्बन्ध पनि रहेको छ। तर पटकपटक भारतले नेपाली नागरिकहरुलाई दुर्व्यवहार गर्दै आइरहेको छ।

पर्सी भाद्र २२ गते नेपालको व्याँस गाउँपालिका–१ तिंकरमा सशस्र प्रहरी बलको विओपी उद्घाटन गर्नका लागि आज सशस्र प्रहरी बलका एआइजी वंशीराज दाहाल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरन जोशी, सशस्र प्रहरी बलका एसपी डम्बर बहादुर बिष्ट, महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर,व्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामी, नेविसंघ विद्यार्थी नेता दिपक खातिसँगै जिल्लाका पत्रकारहरु त्यसतर्फ प्रस्थान गरेका छन्।

नेपालबाट तिंकर जान मोटरबाटो नभएका कारण टोली भारतको बाटो हुँदै तिकंर प्रस्थान गरेको हो। टोलीमा सहभागी सबैले पास बनाएका थिए । खलंगा पुलघाटबाट सबैलाई जान दिइयो, मोटरबाटो हुँदै तिगरम पुलघाट (रगौति) मा चेकजाँच गर्दा सँगैका सबैजनालाई अगाडी जान दिइयो तर नगरप्रमुख, पालिका अध्यक्ष र विद्यार्थी नेतालाई “आप लोगोंको आगे जानेके लिए प्रमिसन नहिं है” भन्दै एसएसबीले तीनैजनालाई रोकेको विद्यार्थी नेता दिपक खातिले बताए।

नेपाल भारत खुला सिमाना भएका मित्र राष्ट्र हुन् तर भारतीय एसएसवीले पटकपटक सिमानाकामा यस्तै दुव्र्यवहार गर्ने गरेको छ। नगरप्रमुख, पालिका अध्यक्ष र विद्यार्थी नेतासँग पनि सबैको जस्तो पास थियो परिचय पत्र थियो तर तीनै जनालाई अभियोगी हुन भने झै रोक लगाइयो र सँगै अरुहरुलाई जान भने दिइयो । अध्यक्ष धामीले यो सरासर भारतको अपहेलना भएको भन्दै यसविरुद्ध आफूहरुको घोर भर्त्सना र भारतको बाटो प्रयोगमा रोक लगाइएकोमा दुख व्यक्त गरेका छन्।

clock बुधबार २०, भदौ २०८० २२:२७

प्रतिक्रिया