धनगढीको शिवगंगा नदीमा डुबेर रणबहादुरको मृत्यु

  बुधबार २०, भदौ २०८० ०९:३६

धनगढी । धनगढीको शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–८ स्याउले का ७६ वर्षीय रणबहादुर पुनमगरको मंगलवार साँझ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

शिवगंगा नदी धनगढी उपमहानगरपालिका–१७ दिपनगरमा रहेको छ। 

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

clock बुधबार २०, भदौ २०८० ०९:३६

प्रतिक्रिया