गौरा पर्वका लागि बैतडीका स्थानीय तहमा सार्वजनिक बिदा

  मङ्गलबार १९, भदौ २०८० १७:१५

बैतडी । सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौराका लागि बैतडीका स्थानीय तहहरूले सार्वजनिक बिदा दिन थालेका छन्।

जिल्लाको सुर्नया र दोगडाकेदार गाउँपालिकाले भदौ २१ र २२ गते गौरा पर्वको अवसरमा सार्वजनिक  बिदा  दिएको  हो  ।

दुवै पालिकाले  कार्यपालिका बैठकबाटै निर्णय गराएर  गौरा पर्वको लागि बिदा दिएका हुन्। भदौ ७ गते गौरा नमनाएका ठाउँमा सोमबारदेखि गौरा पर्व सुरु भएको छ।

भदौ २१ गते गौराको मुख्य दिन गौराष्टमी अर्थात अठ्यावाली परेको छ।  सोहि अवसरमा पालिकाहरूले  बिदा दिएका हुन्  ।

२१ र २२ गते  पालिका भित्रका सबै कार्यालय एवं संस्था बन्द रहने  सूचनामा उल्लेख गरिएको   छ।  

clock मङ्गलबार १९, भदौ २०८० १७:१५

प्रतिक्रिया