भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ।
निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा र डिजेल प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा घटेर आएको छ।
अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजेलको १ सय ७५ रुपैयाँ छ।
प्रतिक्रिया