१०२ पटक रक्तदान गर्ने पत्रकार उपाध्याय सम्मानित

  मङ्गलबार १९, भदौ २०८० १०:११

धनगढी । नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा सुदूरपश्चिममा सर्बाधिक रक्तदान गर्ने रक्तदाता दीपक उपाध्यायलाई सम्मान गरेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले स्थापना दिवसको अवसरमा कदर पत्र सहित सम्मान गरेका हुन् ।

१०२ पटक रक्तदान गरेका पत्रकार उपाध्याय ईकागजका सुदूरपश्चिम प्रतिनिधि हुन् । उपाध्यायले तीन तीन महिनामा रक्तदान गर्ने गरेका छन् ।  

clock मङ्गलबार १९, भदौ २०८० १०:११

प्रतिक्रिया