विद्युतीय धरापमा परेर धनगढीकी मञ्जुको मृत्यु, घटनास्थलबाट अवैध सामान बरामद

  मङ्गलबार १९, भदौ २०८० ०९:५३

धनगढी । कैलालीको धनगढीमा विद्युतीय धरापमा परेर एक महिलाको मृत्युु भएको छ। मृत्यु हुनेमा धनगढी-३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेकी छिन्।

धनगढी उपमहानगरपालिका-३ स्थित रहेको होल्डिङ सेन्टर नजिकै जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर सोमबार राति करिब ११ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक महिलाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। जंगली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा धराप थाप्ने जंगलिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तौ घटनास्थलमा भारतबाट भन्सार चोरी निकासी गरि ल्याइएका केही सामान कपडाहरु भेटिएका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिएको छ।

clock मङ्गलबार १९, भदौ २०८० ०९:५३

प्रतिक्रिया