कैलालीको कैलारीमा जङ्गली हात्तीले धान बालीमा क्षति

  सोमबार १८, भदौ २०८० १०:२३

धनगढी । कैलालीको कैलारी गाउँपालिका ७ भुइयाफाँटामा जङ्गली हात्तीले धान बालीमा क्षति पुर्‍‍याएको छ ।

भारतको दुधुवा नेश्नल पार्कबाट आइतबार राति आएको जङ्गली हात्तीको झुण्डले धान बालीमा क्षति पुर्‍याएको हो ।

भुइयाफाँटाका स्थानीय तुलसीराम चौधरीका अनुसार हात्तीले करिब २ बिघा धान बालीमा क्षति पुर्‍याएका छन् ।

स्थानीयले हो–हल्ला गर्दै हात्तीलाई त्यहाँबाट भएको चौधरीको भनाई छ ।

clock सोमबार १८, भदौ २०८० १०:२३

प्रतिक्रिया