कञ्चनपुरको बेलौरीबाट अवैध कुखुराका चल्ला बरामद

  सोमबार १८, भदौ २०८० ०९:५१

कञ्चनपुर । कञ्चनपुरमा अवैध कुखुराका चल्ला बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका ६ भुराकोटबाट अवैध रुपमा भारतबाट ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको ५०० वटा कुखुराका चल्लाहरू आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको बताएको छ। बरामद गरिएका चल्लाहरू आवश्यक प्रकृया पुरा गरि नष्ट गरिएको बेलौरी प्रहरीले जनाएको छ।

clock सोमबार १८, भदौ २०८० ०९:५१

प्रतिक्रिया