सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समिति द्धारा हरियाली प्रबर्द्धन कार्यक्रमलाई सहयोग

  आइतबार १७, भदौ २०८० १५:४०

धनगढी। सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिले धनगढीको हरियाली प्रवर्द्धन कार्यक्रमलाई सहयोग गरेका छन् । धनगढी उप–महानगर द्वारा हरियाली प्रवर्द्धन गर्ने र धनगढीलाई पर्यावरण मैत्री बनाउने उद्देश्यका साथ सञ्चालन भएको उक्त कार्यक्रमा समितीले १ लाख सहयोग गरेका हुन्।

सहयोग रकम हस्तान्तरण गर्न समितीका अध्यक्ष शेर बहादुर रावत, संस्थापक अध्यक्ष एवं संरक्षक धन बहादुर बलायर, कोरियाका नि.वर्तमान अध्यक्ष धर्मराज जोशी, कुवेतका निवर्तमान अध्यक्ष अमर खडका, मलेसियाका निवर्तमान अध्यक्ष समिर मल्ल सहभागी रहेको थियो । 

सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिको तर्फबाट हरीयाली अभियानमा २० वटा  बिरुवा बराबर १ लाख रुपैयाँ सहयोग गरेको हो । 

हरियाली प्रवर्द्धन अभियानमा साथ दिनुभएकोमा उपमहानगरपालीकाका उपप्रमुख कन्दकला कुमारी रानाले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। 

उपप्रमुख रानाले धनगढिकाे बिकासका लागि धनगढी उपमहानगरपालिका एक्लैले नसक्ने भएकाले सबै जनतालाई आफ्नत्व हुने गरी बिकासमा सहभागी गराउन लागेकाे बताए ।

धनगढी उपमहानगरपालीकाद्धारा हाम्रो धनगढी हामी बनाउछौं अभियान अन्तरगथ दोस्रो चरणको हरियाली प्रवर्द्धन कार्यक्रम चलिरहेको छ। हरियाली प्रवर्द्धन अभियानमा देश भित्र र बाहिरबाट सहयोग अभियान तिब्रगतिमा बढ्दै गएको छ । 

clock आइतबार १७, भदौ २०८० १५:४०

प्रतिक्रिया