कारागारवाट कैदी फरार

  आइतबार १७, भदौ २०८० १०:४८

बर्दिया । बर्दियाको गुलरिया स्थीत कारागारबाट एकजना कैदी फरार भएका छन् । कर्तब्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका कैदी कारागारवाट फरार भएका हुन् ।

कर्तब्यज्यान मुद्धामा ३० वर्ष सजाय काटिरहेका अजित बुढाक्षेत्री बर्दिया कारागारबाट फरार भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । 

आज बिहान ३ बजेर २५ मिनेटमा कारागार भित्रको भवनको छतमा चढेका बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालमा चढी बाहिर हामफालेर फरार भएको प्रमुख जिल्ला अधिकारी रिसालको भनाइ छ ।
 
१ वर्ष कैद भुक्तान गरिसकेका फरार बुढाक्षेत्रीको खोज तलास र अनुसन्धान जारी छ । बर्दिया प्रहरी प्रमुखको कमाण्डमा खोज तलास भैरहेकोले उनी किन फरार भए भन्नेबारे अनुसन्धानबाट खुल्ने प्रजिअ रिसालले जानकारी दिए । बर्दिया पुरुष कारागाररहेको भवन जीर्ण तथा सानो हुँदा खचाखच कैदीबन्दी बस्नुपर्ने बाध्यता छ ।

clock आइतबार १७, भदौ २०८० १०:४८

प्रतिक्रिया