कैलालीको गेटामा सडक निर्माणमा विवाद, टहरा हटाउनै सकस

  शनिबार १८, चैत २०७९ १४:१६

धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित वडा नम्बर ५ मा निर्माणाधीन सडकमा विवाद देखिएको छ। सङ्घीय सरकारको क्षेत्रीय सहरी विकास कार्यक्रममार्फत निर्माणाधीन १६ किलोमिटर सडकको क्षेत्राधिकार खाली गर्न ढिलाइ भएको हो। सोही कारण सडक निर्माण तथा कालोपत्रेको काम प्रभावित पनि भएको छ। 

सडकमा पर्ने गेटा आँखा अस्पताल क्षेत्रमा रहेका टहराहरू अझै खाली भएका छैनन्। क्षेत्रीय सहरी विकासका सडकहरूको क्षेत्र खाली गर्ने दायित्व स्थानीय तहको हो। तर दुई वर्षमा सडक निर्माणको काम पूरा गर्न सम्झौता गरिएको सडकमा रहेका संरचनाहरू अझै खाली भएका छैनन्। 

No description available.

विशेष गरी सडकमा पर्ने कत्था उद्योगको अगाडिको टहरा नहटाइएपछि विवाद बढेको हो। उक्त टहराका कारण सडक फराकिलो नबन्ने, सिधा बन्ने सडकको नाली बाङ्गो ठिङ्गो बनेको छ। 

कत्था उद्योगका म्यानेजर रोशन कर्णका अनुसार नगरपालिकाले त्यो टहरा बचाउने चक्करमा सडकको मापदण्ड बिगारिएको र कत्था उद्योगलाई थप ठाउँ खाली गराउन दबाब दिइरहेको छ। तर, यसअघिको सहमतिअनुसारको ठाउँ भने उद्योगले दिइसकेको जनाएको छ।

No description available.

यस्तै उक्त वडाका स्थानीयहरूले पनि टहरा हटाएर सडकलाई मापदण्ड अनुरूप निर्माण गर्नुपर्ने बताउँदै आएका छन्। स्थानीय मानबहादुर ऐरले टहरा हटाएर चाँडो विवाद समाधान गरेर सडक निर्माण कार्य पुरा गर्नुपर्ने बताए।

यस्तै रतन विष्ट र जानकी शाहीले पनि सडक संरचनाको निर्माणमा भइरहेको अवरोध हटाउनुपर्ने बताए। यता, उक्त वडाका वडाध्यक्ष सुद्धीराम चौधरीले भने केही दिनमा नगरपालिकाले टहरा हटाउने र विवाद समाधान हुने बताएका छन्।

No description available.

clock शनिबार १८, चैत २०७९ १४:१६

प्रतिक्रिया