महेन्द्रनगरमा बाथरुम तोडेर प्रहरी हिरासतबाटै थुनुवा फरार भएपछी .....

  बिहिबार १४, भदौ २०८० ०८:३५

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीकै हिरासतबाट एक थुनुवा फरार भएका छन्। हिजो (बुधबार) राति साढे ८ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएका हुन्।

स्रोतका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका(६ हात्तिबोझा बस्ने २६ वर्षीय विरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेका हुन्।

बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई मिति साउनको १९ गतेदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षमा थुनिएका थिए।

उनी थुनुवा हिरासत कक्षको बाथरुममा रहेको भ्यान्टीलेसनको ग्रिल तोडेर भागेको बताइएको छ।

उक्त भ्यान्टीलेसनबाट बाहिर निस्केर भागेका उनको खोजतलासमा खटीएका प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डको टोलीले रातीनै भासिबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

clock बिहिबार १४, भदौ २०८० ०८:३५

प्रतिक्रिया