कञ्चनपुरमा मेडिकलमै जुवाखाल, मालिकसहित ७ जना खोरमा

  बिहिबार १४, भदौ २०८० ०७:५७

कञ्चनपुर । कञ्चनपुरमा मेडिकलभित्रै जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित ७ जना पक्राउ परेका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका–३ स्थित बि.एन. पोलिक्लिनिक प्रा.लि.को माथिल्लो तलाबाट मंगलबार राति सञ्चालक डा. सागर केसीसहित सात जना पक्राउ परेका हुन् ।

जुवा खालबाट एक गड्डी तास सहित ८५ हजार ८ सय ३५ रुपैयाँ बरामद गरिएको प्रहरी ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले बताए ।

उनले सातै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताए ।

clock बिहिबार १४, भदौ २०८० ०७:५७

प्रतिक्रिया