धनगढीको ६ लेन सडकका बिरुवा चोरी हुने क्रम रोकिएन

  शनिबार १८, चैत २०७९ १३:२४

धनगढी । धनगढीको ६ लेन सडकका बिरुवा चोरी हुने क्रम अझै रोकिएको छैन। मोहनापुल–अत्तरिया ६ लेन सडकका मेडियनमा उपमहानगरल रोपेका बिरुवा चोरी हुने क्रम नरोकिएको हो। 

यस अघि दुई पटक गरेर १९ बिरुवा चोरी भएको ६ लेन सडकबाट मङ्गलवार राति थप सात वटा बिरुवा चोरी भएको नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ।

कैलाली भन्सारदेखि गेटा विमानस्थल जाने सडकसम्म ६ लेन सडकको मिडियनमा  विभिन्न जातका ३ हजार ९० बिरूवाहरू धनगढी उपमहानगरपालिका द्वारा र विमानस्थल जाने सडकदेखि गोदावरी नगरपालिकाको सिमानासम्म सूर्य नेपाल प्रालिको सहयोगमा ४१५ बिरुवासहित ३ हजार ५०५ बिरूवा रोप्ने कार्य सम्पन्न भएको थियो।

clock शनिबार १८, चैत २०७९ १३:२४

प्रतिक्रिया