तिहारका बेला विद्युत् प्राधिकरणले काट्यो ४ कम्पनीको बिजुली लाइन

  मङ्गलबार ०४, कार्तिक २०८२ ०८:०४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दीपावली सकिएलगत्तै चार कम्पनीको बिजुलीको लाइन काटेको छ ।

प्राधिकरणले घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज) को बिजुलीको लाइन काटेको हो ।

यी कम्पनीहरुमा आज बिहान ६:२० बजेदेखि ७ बजेको बीचमा लाइन काटिएको हो । बिजुलीको बक्यौतावाफतको रकम नतिरेकाले लाइन काटेको प्राधिकरणको भनाइ छ ।

clock मङ्गलबार ०४, कार्तिक २०८२ ०८:०४

प्रतिक्रिया