जंगलमा बसेका पहिरो पीडितलाई युवाहरुको सहयोग, सरकार अनुगमनका नाममा रमीते मात्रै बन्दै

  मङ्गलबार १२, भदौ २०८० ०९:३१

धनगढी । कैलालीस्थित अत्तरियाका युवाद्वारा पहिरो पीडितलाई सहयोग तथा राहत प्रदान गरिएको छ। गोदावरी नगरपालिका स्थित वडानम्बर-४ हनुमान मन्दिर नजिकैको जंगलमा बसिरहेका पीडितहरुलाई सहयोग प्रदान गरिएको हो।

८ घरपरिवारलाई सहयोगस्वरुप खाद्यान्नसहितका सामग्रीहरु पीडितलाई हस्तान्तरण गरिएको युवा उत्तम महराले जानकारी दिए। उनका अनुसार हालै आएको पहिरोका कारण गोदावरीकै भ्यागुत्तेपानीबाट विस्थापित भएका परिवारहरु जंगलमा बसिरहेका छन्।

यस्तै अर्का युवा बिराज बिष्टले पनि आफूहरुले सहयोग उठाएर, जुटाएर सहयोग गरिएको बताए। यसपछि चुरेमा पनि सहयोग प्रदान गर्ने योजना रहेको उनले बताए। तर स्थानीय तथा प्रदेश सरकारले भने पीडितलाई बेवास्ता गरेको उनको आरोप छ। 

पीडितहरुको दीर्घकालीन समाधान तथा व्यवस्थापन खोज्नुपर्नेमा सरकारले उनीहरूलाई राहतसमेत नदिएपछि आफूहरु जागेको उनको भनाई छ। पीडितहरुले सहयोग प्राप्त गरेपछि युवाहरूलाई धन्यवाद दिएका छन्।

clock मङ्गलबार १२, भदौ २०८० ०९:३१

प्रतिक्रिया