आगामी तीन दिनसम्म ठूलो पानी नपर्ने, पहाडी भू–भागमा हल्का वर्षा हुने

  मङ्गलबार १२, भदौ २०८० ०९:२२

धनगढी . हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। कोशी, मधेश, बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशका पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभर ठूलो पानी पर्ने सम्भावना छैन। बुधवार देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

clock मङ्गलबार १२, भदौ २०८० ०९:२२

प्रतिक्रिया